सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने माओवादीको निर्णय

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने माओवादीको निर्णय

 |  शुक्रबार, जेठ १६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०८२

काठमाडौं- नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद्को अवरोध जारी राख्ने निर्णय गरेको छ ।

खुमलटारमा आज बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो। अन्य दलको पनि साथ लिएर गृहमन्त्रीको राजीनामा नआएसम्म सदनमा सशक्त भूमिका खेल्ने निष्कर्षमा माओवादी पुगेको छ।

हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेश गर्नको लागि अवरोध नगरेको भए पनि अब चल्न नदिने माओवादीले बताएको छ। एमाले र कांग्रेसका शीर्ष नेताले भने गृहमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन्।

प्रकाशित: May 30, 2025| 12:18 शुक्रबार, जेठ १६, २०८२
प्रतिक्रिया दिनुहोस्