शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कम्तीमा एक हप्ता काठमाडौंमै बस्न समर्थकलाई राजेन्द्र लिङ्‍देनको आह्‍वान

कम्तीमा एक हप्ता काठमाडौंमै बस्न समर्थकलाई राजेन्द्र लिङ्‍देनको आह्‍वान

 |  बुधबार, जेठ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्तीमा एक हप्ता काठमाडौंमै बसेर आन्दोलन गर्ने तयारीमा रहन पार्टीका कार्यकर्ता तथा राजसंस्था समर्थकलाई आग्रह गरेका छन्।

National life

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो आह्वान गरेका हुन्। यही जेठ १५ गतेदेखि राजावादीहरूले राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र कायम नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।

लिङ्‍देनले भने, ‘बाहिरबाट आउनुभएका साथीहरूलाई भोलि बेलुका फर्किन पहिलाको जस्तो बसको, प्लेनको टिकटको व्यवस्था नगर्नुहोला। कम्तीमा एक हप्ता काठमाडौं बस्नुपर्छ भन्ने सोचका साथ तयारीका साथ यहाँ रहनुहोला। बस्ने क्रममा कुनै प्रकारका असुविधा नहोस् भन्नेमा हामी सचेत छौँ।’

दमन र अवरोध गर्नेगरी सरकार अघि बढेको खण्डमा प्रतिकार जरुरी रहेको लिङ्देनले बताए। ‘हामीले पहिला पहिला गरेका आन्दोलनहरू मूल आन्दोलनको बाटो निर्माणका लागि गरेको आन्दोलन थियो। भोलिको आन्दोलन मूल आन्दोलन हो। भोलि सुरुमात्रै हो । हाम्रो आन्दोलन निरन्तर रुपमा रहन्छ,’ उनले भने।

भोलिको प्रदर्शनका लागि सरकारले राजावादीहरुलाई दिउँसो साढे दुई बजेपछिको समय तोकिदिएको छ। उनीहरुले रत्नपार्कस्थित शान्ति बाटिकामा कार्यक्रम गर्नेछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 28, 2025| 21:45 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्