सोमबार, भदौ २२, २०८३

संसद् बैठक सुरु हुनेबित्तिकै स्थगित

 |  बुधबार, जेठ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

काठमाडौं- प्रतिनि धिसभाको बैठक स्थगित भएको छ। विपक्षी दलको अवरोधका कारण बैठक स्थगित भएको हो। 

बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे सुरु भएको थियो। विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको घोषणा गरेका हुन्। उनले बैठक आधा घण्टाका लागि स्थगित भएको जानकारी दिएका छन्।

भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा गृहमन्त्री रमेश लेखकको सचिवालय संलग्न रहेको भन्दै विपक्षी दलहरुले उनको राजीनामा मागिरहेका छन्। 

प्रकाशित: May 28, 2025| 13:15 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्