शनिबार, असार ६, २०८३

राजीनामाको मागमा विपक्षी अडिग, बजेटमा सकारात्मक

 |  बुधबार, जेठ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

काठमाडौं- नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूको बैठकले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाउने निर्णय गरेको छ।

National life

संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने विषयलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो।

बजेटबारे भने सकारात्मक हुने निर्णय बैठकले गरेको छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै बजेट ल्याउनुपर्ने हुन्छ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माओवादी र रास्वपालगायत विपक्षी दलहरूले माग गर्दै आएका छन्।

सत्तारूढ दल कांग्रेस र एमालेले भने गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बताइरहेका छन्। आज बिहान प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्रीलगायतले बालुवाटारमा छलफल गरी राजीनामा नदिने र सदनमा बोल्ने निष्कर्ष निकालेका थिए।

Shivam cement

सदनमा गृहमन्त्रीलाई बोल्न दिने वातावरण बनाइदिन प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डलाई टेलिफोन गरी अनुरोध गरेका छन्।
 

प्रकाशित: May 28, 2025| 12:56 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्