बिहीबार, जेठ १५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्रीले राजीनामा दिन तयार छु भन्दा ओली र देउवाले भने- त्यो पर्दैन

गृहमन्त्रीले राजीनामा दिन तयार छु भन्दा ओली र देउवाले भने- त्यो पर्दैन

 |  बुधबार, जेठ १४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

vianetvianet

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दुई दलका शीर्ष नेताको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ।

भिजिट भिसामा भएको ठगी प्रकरणमा गृहमन्त्री समेतको संलग्नता रहेको भन्दै विपक्षी दलहरुले उनको राजीनामा मागिरहेका बेला प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका हुन्।

बैठकमा गृहमन्त्री लेखकले आफू राजीनामा दिन तयार रहेको बताएका थिए। तर, ओली र देउवाले 'त्यो पर्दैन' भनेका थिए। आज बस्ने प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लेखकले आफूबारे उठेका विषयमा संसद्‍मा प्रष्ट पार्ने सहमति भएको छ।

बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, गृहमन्त्री लेखकसहित दुवै दलका प्रमुख सचेतक सहभागी थिए । 

बालुवाटार बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताए। उनले लेखकमाथि छानबिन समिति पनि गठन हुन नसक्ने बताए।

National life insurance

गृहमन्त्रीले राजीनामा नदिने भएपछि विपक्षी दलहरुले सदन अवरोध जारी राख्ने निर्णय गरेका छन्।

विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र अनुसन्धान हुनुपर्ने माग राखिरहेका छन्। सोही कारण हिजोको संसद् बैठक प्रभावित भएको थियो।

हिजोको बैठकमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची भए पनि उनले पेश गर्न पाएनन्। हरेक वर्ष बजेट सार्वजनिक हुनुअघि आर्थिक सर्वेक्षण संसद्‍मा प्रस्तुत हुने गर्छ । आर्थिक सर्वेक्षण संसद्‍मा पेस भएपछि मात्र सार्वजनिक हुने गर्छ । 

प्रतिपक्षीको अवरोधका कारण बजेटसमेत प्रभावित हुन सक्ने देखिएको छ। यही अवस्था रहेमा अर्थमन्त्रीले संसद् बैठकमा बजेट प्रस्तुत गर्ने सम्भावना रहँदैन । हरेक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था संविधानमै छ । दलहरूबीच सहमति कायम नभए बजेट नै सकसमा पर्नेछ । 

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भए पनि साढे १२ हुँदासम्म बैठक सुरु हुन सकेको छैन।

बैठकअघि सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलका सचेतकहरूसँग छलफल गरेका भए पनि सहमति जुटेन।

प्रकाशित: May 28, 2025| 12:24 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्