बिहीबार, जेठ १५, २०८२

ओली र देउवासँग गृहमन्त्री लेखकको छलफल, संसद् बैठकमा विलम्ब

 |  बुधबार, जेठ १४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

vianetvianet

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा छलफल भएको छ।

बुधबार बिहान प्रधानमन्त्रीले कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखकसँग कुराकानी गरेका हुन्। भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेका बेला लेखकले उच्चस्तरीय भेटघाट गरेका हुन्।

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको नियमित प्रक्रिया अघि नबढ्ने चेतावनी प्रतिपक्षीले दिएका छन्। प्रतिपक्षीको अवरोधका कारण मंगलबारको प्रतिनिधि सभा बैठक अवरोध भएको थियो। हिजोको बैठकमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची भए पनि उनले पेश गर्न पाएनन्। 

हरेक वर्ष बजेट सार्वजनिक हुनुअघि आर्थिक सर्वेक्षण संसद्‍मा प्रस्तुत हुने गर्छ । आर्थिक सर्वेक्षण संसद्‍मा पेस भएपछि मात्र सार्वजनिक हुने गर्छ । 

प्रतिपक्षीको अवरोधका कारण बजेटसमेत प्रभावित हुन सक्ने देखिएको छ। यही अवस्था रहेमा अर्थमन्त्रीले संसद् बैठकमा बजेट प्रस्तुत गर्ने सम्भावना रहँदैन । हरेक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था संविधानमै छ । दलहरूबीच सहमति कायम नभए बजेट नै सकसमा पर्नेछ । 

National life insurance

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भए पनि साढे ११ हुँदासम्म बैठक सुरु हुन सकेको छैन।

बैठकअघि सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलका सचेतकहरूसँग छलफल गरेका छन्।

उता संसद् भवनमा विपक्षी दलहरूको बैठक बसेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएको विपक्षी दलहरूको बैठक आगामी रणनीति तय गर्न बसेको हो।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि भने सहभागी छैनन्। प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बैठक बसेक हो।

बैठकमा रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलहरू सहभागी छन्। बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा, बजेट प्रस्तुत गर्न संसद् सञ्चालन लगायतका विषयमा छलफल भइरहेको छ ।
 

प्रकाशित: May 28, 2025| 11:25 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्