आइतबार, वैशाख १३, २०८३

संसद्‍मा नाराबाजी, बैठक स्थगित

 |  मंगलबार, जेठ १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०८२

काठमाडौं- प्रतिपक्षी दलका सांसदहरूले संसद्मा नारा लगाएका छन्।

National life

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई सत्ता पक्षको तर्फबाट बोल्न समय दिएसँगै विपक्षी सांसदहरूले ‘मानव तस्करलाई कारबाही गर’भन्दै  नाराबाजी गरेका हुन् । 

बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनलाई बोल्न दिए । 

पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा राखेको र त्यो विषयमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि जोडिएको देखिएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरे । 

पुनको भनाइ सकिएपछि पनि विपक्षी सांसदहरू उठेपछि सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाललाई बोल्न समय दिए । उनले पनि गृहमन्त्रीले मार्ग प्रशस्त गर्न माग गर्दै उच्च स्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नसक्ने बताए ।

kumari

त्यसपछि सभामुखले कांग्रेस सांसद घिमिरेलाई बोल्न समय दिएसँगै विपक्षीले नाराबाजी सुरु गरेका थिए । लगत्तै सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । 
 

प्रकाशित: May 27, 2025| 12:17 मंगलबार, जेठ १३, २०८२
प्रतिक्रिया दिनुहोस्