शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन: कांग्रेस, माओवादीले माग्यो राजीनामा

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन: कांग्रेस, माओवादीले माग्यो राजीनामा

 |  सोमबार, जेठ १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०८२

काठमाडौं- नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीका गृहमन्‍त्री रमेश लेखकको संलग्नता नरहेको दाबी गरेको छ।

National life

सोमबार बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नताबारे छलफल गर्दै यस्तो दाबी गरेको हो।

बैठकपछि कांग्रेस प्रकाशशरण महतले सञ्चारकर्मीहरुसँगको कुरकानीमा गृहमन्त्री लेखकको कुनै गल्ती नभएको बताए। ‘गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे सविस्तारमा आफ्नो कुरा राख्‍नुभयो। आफ्नो कुनै पनि हिसाबले संलग्नता छैन, कुनै पनि कमीकमजोरी गल्ती छैन भन्ने कुरा राख्नुभयो,’ उनले भने, ‘त्यो राखेपछि हामीले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास गर्‍यौं। साँच्चिकै भिजिट भिसा प्रकरणमा उहाँको संलग्नता छैन।’

यद्यपि संलग्न व्यक्तिहरूमाथि कारबाही हुनुपर्ने उनले बताए। ‘जो संलग्न छन् उनीहरूमाथि कारबाही हुनुपर्छ, उनीहरूमाथि निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा दुई मत छैन,’ महतले भने।

विपक्षी दलहरुले भने गृहमन्त्री लेखकको राजीनामा मागिरहेका छन्। नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा मागेको छ ।

Laxmi sunrise bank
kumari

आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर छ । 

रास्वपाले पनि केन्द्रीय समिति बैठकबाट गृहमन्त्रीको राजीनामा मागेको छ। यही विषयलाई लिएर विपक्षी दलहरुले संसद् अवरुद्ध गर्ने तयारी गरेका छन्। प्रतिनिधि सभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने कार्यक्रम छ।

कांग्रेसभित्रै पनि कतिपयले गृहमन्त्री लेखकले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने बताइरहेका छन्। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ठूलो रकम उठाएर भिजिट भिसाको दुरूपयोग गरी मानिसलाई विदेश पठाउन सहजीकरण गर्ने गरेको सूचनापछि अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको थियो।

अख्तियारले उक्त अध्यागमनका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छाडेको थियो। अख्तियारले उनको मोबाइल लगायत डिभाइसलाई नियन्त्रणमा लिएर प्रयोगशालामा पठाएको छ।

गृह मन्त्रालयले यस घटनापछि अध्यागमनमा कार्यरत ठूलो संख्यामा कर्मचारीहरूको सरूवा गरेको छ।
 

प्रकाशित: May 26, 2025| 11:53 सोमबार, जेठ १२, २०८२
प्रतिक्रिया दिनुहोस्