शनिबार, पुस १२, २०८२

राजावादीको आन्दोलन निस्तेज बनाउन जुटे एमालेका जनसंगठन

 |  सोमबार, जेठ १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०८२

काठमाडौं- नेकपा एमाले जनसंगठनका पदाधिकारीको बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ। 

National life

एमाले जनसंगठन संयन्त्रको आयोजनामा जारी बैठक यही जेठ १५ गते एमालेले आयोजना गर्ने जनप्रदर्शनको तयारीमा केन्द्रित रहेको बताइएको छ।

महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, लेखराज भट्ट, पद्मा अर्याल, गोकर्ण विष्ट लगायत सहभागी छन् । 

आइतबार बसेको एमाले सचिवालय बैठकले जेठ १५ गते राजवादीको आन्दोलनको प्रतिवाद गर्ने र ७ दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उक्त दिनलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको थियो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूको आन्दोलन रोक्न कार्यकर्ताहरुलाई निर्देशन दिइसकेका छन् । सोही अनुसार सोमबारको बैठकबाट राजावादीको आन्दोलन निष्क्रिय पार्ने रणनीति तय गर्ने बताइएको छ ।

Laxmi sunrise bank
kumari

२०६५ जेठ १५ गते पहिलो संविधान सभाको बैठकले गणतन्त्र घोषणा गरेको थियो । जेठ १५ गतेबाटै राजावादीहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् । उनीहरूले राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन नरोक्ने बताउँदै आएका छन् । यसका लागि नवराज सुवेदीको नेतृत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ गठन भएको छ।
 

प्रकाशित: May 26, 2025| 10:11 सोमबार, जेठ १२, २०८२
प्रतिक्रिया दिनुहोस्