काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्।
पार्टीको आन्तरिक र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेताहरूलाई बोलाएका हुन्।
आफ्नै निवास बुढानीलकण्ठमा बिहीबार बिहान महामन्त्री थापासँग भएको छलफल भएको थियो। छलफलपश्चात् आजै अपराह्न ४ बजे पार्टीका शीर्ष नेताहरूलाई देउवाले बुढानीलकण्ठमा बोलाएका छन्।