शनिबार, असार ६, २०८३

बजेटमा जनतालाई करको भार नपार्न आग्रह 

 |  बिहीबार, जेठ ८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०८२

काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आगामी बजेट निर्माणमा जनतालाई अनावश्यक करको भार पर्ने कार्य नगर्न सरकारसँग आग्रह गरेका छन्।

National life

संघीय संसद भवनमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले विगतमा पनि सरकारले जनतालाई राज्यद्वारा उपलब्ध गराइने सेवा सुविधालाई सरल र सहज तुल्याउन ध्यान नदिएको आरोप लगाउँदै उनले जनतामा करको भार वृद्धि हुँदा मुलुकमा उत्पादन, व्यापार र व्यवसाय सुस्ताउने बताए।

उनले भने, ‘पछिल्ला वर्षहरूमा जनताले निरन्तर भन्दै आएका छन्, हामीलाई करको भार बढ्यो। करका कारण दैनिक उपभोग्यलगायतका हरेक चीजवस्तु महँगो भयो।’

मुलुकको आम्दानीको ठूलो स्रोत वन, जलस्रोतलगायतको सही उपयोग गर्न सुझाव दिँदै उनले ती वस्तुको संरक्षणका लागि गरिएको लगानीअनुरूप राज्यले लाभ लिन नसकिरहेको बताए।

राज्यले चलाउन नसकेको उद्योगधन्दा एउटा व्यक्तिविशेषले कसरी चलाउन सक्छ भनी प्रश्न गर्दै अध्यक्ष साहले देशको अर्थतन्त्र जोगाउन, रोजगारी सिर्जना गर्न विद्यमान कर प्रणालीको पुनरावलोकन जरूरी रहेको विचार व्यक्त गरे।

Shivam cement

प्रकाशित: May 22, 2025| 07:04 बिहीबार, जेठ ८, २०८२
प्रतिक्रिया दिनुहोस्