बुधबार, जेठ ७, २०८२

अर्थमन्त्री पौडेलले बोलाए गभर्नर सिफारिस समितिको बैठक

 |  मंगलबार, जेठ ६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०८२

vianetvianet

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक आह्वान गरेका छन्।

अर्थमन्त्री पौडेलले पहिलो पटक समिति बैठक आह्वान गरेका हुन्।

समितिको बैठक आज अपराह्न ४ बजेपछि बस्ने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

सो समितिमा संयोजक पौडेलसहित निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री पोषराज पाण्डे सदस्य छन्। समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ। 

प्रकाशित: May 20, 2025| 14:05 मंगलबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्