सोमबार, भदौ २२, २०८३

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

 |  शुक्रबार, जेठ २, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०८२

सर्वोच्च अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ।

मिश्र ५० दिनमा हिरासतमुक्त भएका छन्। उनलाई गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ गरिएको थियो।

प्रहरीले मिश्रमाथि संगठित अपराध, राज्यद्रोह र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान गर्न आठ पटक म्याद थप गरिसकेको थियो।

मिश्रले सर्वोच्मा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए। आज न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले उनलाई कानुन व्यवसायीको रोहबरमा हाजिरी जमानीमा छोड्न आदेश दिएको हो।

आफू हाजिरी जमानीमा छुटे पनि मुद्दा अझै जारी रहेकाले धेरै खुशी नहुने मिश्रले प्रतिक्रिया दिए।

प्रकाशित: May 16, 2025| 18:53 शुक्रबार, जेठ २, २०८२
प्रतिक्रिया दिनुहोस्