शनिबार, जेठ ३, २०८२

चितवन रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते

 |  शुक्रबार, जेठ २, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०८२

vianetvianet
National life insurance

चितवन- पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। 

लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताP। बसमा ३९ जना सवार थिए।

घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: May 16, 2025| 09:00 शुक्रबार, जेठ २, २०८२
प्रतिक्रिया दिनुहोस्