मंगलबार, वैशाख ३०, २०८२

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

 |  मंगलबार, वैशाख ३०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०८२

vianetvianet
triton college
National life insurance

काठमाडौं- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्नेछ। यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १:१५ मा बस्नेछ। 

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ। 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो। 

प्रकाशित: May 13, 2025| 06:27 मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्