खोटाङमा श्रीमान् हत्याको आरोपमा एक महिला पक्राउ परेकी छन्। ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–९ स्थित माथिल्लो चिचिङ्गाकी ५३ वर्षीया रेनुका राई पक्राउ परेकी हुन्।
विवादका क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएका थिए। घटनाको सूचना पाएपछि प्रहरी चौकी अर्खौलेबाट खटिएको टोलीले रेनुकालाई शनिबार बिहान पक्राउ गरेको हो।
गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका र सौगात आर्ट्स नेपालको सहकार्यमा काठमाडौंको बागबजारस्थित पद्म कन्या क्याम्पसको बाहिरी भित्तामा नेपालका विभिन्न सांस्कृतिक पहिचान बोकेका महिलाहरूको आकृति चित्रित भित्तेचित्र (मुराल) तयार पारिँदै। यस मुरालमार्फत विविध संस्कृतिको पहिचान, महिला सशक्तिकरण र एकताको सन्देश प्रस्तुत गरिएको छ।तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी