शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री ओलीले संसद्‍मा भने- स्वार्थ समूहसँग मेरो चिनजान छैन

प्रधानमन्त्री ओलीले संसद्‍मा भने- स्वार्थ समूहसँग मेरो चिनजान छैन

 |  आइतबार, वैशाख २८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०८२

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह)सँग आफ्नो चिनजान नरहेको बताएका छन्।

National life

प्रतिनिधि सभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले भने, 'पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्त्वपूर्ण हो।'

त्यसअघि नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद वर्षमान पुनले सरकारले आसेपासे पुँजीवादलाई प्रश्रय दिएको आरोप लगाएका थिए। उनले नेपालमा स्वार्थ समूहका रूपमा आसेपासे पुँजीवाद मौलाएको टिप्पणी गरेका थिए।

'विश्व पुँजीवादमा मूल समस्या भनेको क्रोनी क्यापिटलिज्म अथवा आसेपासे पुँजीवाद हो। नेपालमा पनि आसेपासे पुँजीवाद बिचौलिया समूहको रूपमा भित्रिरहेको छ। यो प्रभाव कसरी कम गर्न सक्छ नीति तथा कार्यक्रमले सुशासनमार्फत ? मेरो यो जिज्ञासा रहेको छ,' प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा उनले भनेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 11, 2025| 15:01 आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्