शुक्रबार, जेठ ३०, २०८२

तीनकुने घटनापछि फरार शिवसेना नेपालका अध्यक्ष पक्राउ

 |  आइतबार, वैशाख २८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०८२

vianetvianet

काठमाडौं- शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत 'अनिल बाबा' लाई प्रहरीले पक्राउ गरेको छ। आइतबार उनलाई सुकेधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। प्रहरीले राज्यविरूद्धको कसुर गरेको अभियोगमा उनीविरूद्ध पक्राउ पुर्जी लिएको थियो।

त्यसयता उनी फरार थिए। चैत १५ को प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो भने सरकारी गाडी, निजी घर र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।

यस घटनामा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत पनि प्रहरी हिरासतमा छन्।

प्रकाशित: May 11, 2025| 13:54 आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्