शनिबार, असार ६, २०८३

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी खुला 

 |  आइतबार, वैशाख २८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०८२
National life
Shivam cement

चितवन- इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फि खुलेको छ।  वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फि खुला गरेको र दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए। दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ।

प्रकाशित: May 11, 2025| 10:21 आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्