शुक्रबार, पुस ११, २०८२

सडक स्तरोन्नति धमाधम

 |  आइतबार, वैशाख २८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०८२

गलकोट- बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ। विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र स्तरोन्नति भइरहेका तीन सडकमध्ये पहिलो खण्डको कालोपत्र गर्न सुरु गरिएको हो। ठेक्का सम्झौताको १० महिनामा नै सडक स्तरोन्नति सकेर कालोपत्रको काम थालिएको हो।

National life

नगरका तीन सडकमध्ये पहिलो सडक गणेशथान घुम्तीबाट निरयघाटसम्मको सडक कालोपत्र गर्न थालिएको छ। ठेक्का सम्झौता भएको १० महिनामा नै कालोपत्रको थालिएको इन्जिनियर मनोज शर्माले जानकारी दिए। उनका अनुसार तीन सडकको एकमुष्ट भौतिक प्रगति १० महिनामा ७० प्रतिशत रहेको छ। तेस्रो खण्डमा दुई किमीमात्र सडक स्तरोन्नतिको काम बाँकी छ। पहिलो खण्डको सडक कालोपत्र थालिएको छ।

विश्व बैंकको अनुदानमा उक्त सडकको दुई खण्ड धमाधम स्तरोन्नतिको काम भइरहेको छ। एउटा खण्डमा कालोपत्र सुरु भएको छ। सडक १० महिनामै कालोपत्र हुनु सुखद् रहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए।

यस्तै बागलुङ नगरपालिका–७ मुलपानीबाट तितौरेसम्मको ८.६ किलोमिटर सडक तथा वडा नं ४ ओडार चौरबाट ढोडेनीसम्म २.२ किलोमिटर सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ। बागलुङ–१ रामरेखास्थित गणेशथान घुम्तीबाट नीरयघाटको १.५ किमी सडक कालोपत्र सुरु भएको हो।

तीनवटै सडक कालोपत्र गरिए स्थानीयलाई आवतजावतमा सहज हुने छ। उक्त सडकको गणेशथानबाट निरयघाटसम्मको सडक फुटपाथसहित बनाइएको छ।

Laxmi sunrise bank
kumari

बागलुङ नगरपालिकाको उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गर्न विश्व बैंकले बागलुङ नपासहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो।

स्तरोन्नतिसँगै कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासँग २०८१ जेठमा एक वर्षमा सम्पन्न गर्नेगरी रु ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको हो। विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि गत जेठमा मात्र ठेक्का सम्झौता भएको थियो।

प्रकाशित: May 11, 2025| 09:01 आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्