शनिबार, वैशाख २७, २०८२

माओवादीको लक्ष्य तल्लो तहका जनताको जीवनस्तर उठाउने हो: प्रचण्ड

 |  शनिबार, वैशाख २७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०८२

vianetvianet

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तल्लो तहका जनताको जीवनस्तर उठाउने लक्ष्यका साथ आफ्नो दल जनताका माझ गइरहेको बताएका छन्।

triton college

पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आज आयोजित जनसभामा उनले हालै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ पार्टीको मात्र नभई जनताको अभियान बनेको उल्लेख अध्यक्ष दाहालले अभियान जनताका समस्या बुझ्ने माध्यम भएको उल्लेख गरे।

अध्यक्ष दाहालले देशका विभिन्न भौगोलिक क्षेत्रलाई जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र देशभरका उत्तर–दक्षिण करिडोरजस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएका बताए।

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन र आर्थिक सुधारका अभियान सञ्चालन गरेको स्मरण गरे।

प्रकाशित: May 10, 2025| 17:43 शनिबार, वैशाख २७, २०८२
प्रतिक्रिया दिनुहोस्