बिहीबार, वैशाख २५, २०८२

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

 |  बुधबार, वैशाख २४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०८२

vianetvianet
triton college
National life insurance

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ। नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्ने छ। आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन्।

राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १:१५ बजे बस्ने छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले बताए।

प्रकाशित: May 07, 2025| 07:06 बुधबार, वैशाख २४, २०८२
प्रतिक्रिया दिनुहोस्