शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कोहलपुर-सुर्खेत प्रसारण लाइनको विवाद समाधान गर्न मन्त्री खड्काको निर्देशन

कोहलपुर-सुर्खेत प्रसारण लाइनको विवाद समाधान गर्न मन्त्री खड्काको निर्देशन

 |  मंगलबार, वैशाख २३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०८२

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको विवाद समाधान गर्न निर्देशन दिएका छन्। प्रसाराण लाइनअन्तर्गत पर्ने बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका हुन्।

National life

मन्त्री खड्काले आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिए। बाँकेको बैजनाथ गाउँपालिका-४ बाँनियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण ३ विद्युत टावर निर्माण हुन सकेको छैन।

जसका कारण आयोजना निर्माणमा भइरहेको ढिलाइका बारेमा मन्त्री खड्काले चासो राखेका हुन्। ‘स्थानीयवासीले राखेका मागलाई उचित सम्बोधन गरेर आयोजनालाई तत्काल अगाडि बढाउनु’ मन्त्री खड्काले निर्देशन दिँदै आयोजना प्रमुखलाई भने।

उनले आयोजनाभित्र परेका घरलाई उचित क्षतिपूर्ति दिँदा पीडितको पुनर्वासको सुनिश्चितता गर्न पनि भनेका छन्। आयोजना प्रमुख चौधरीले स्थानीयबासीको अवरोधका कारण आयोजना अगाडि बढाउन नसकिएको मन्त्रीसमक्ष जानकारी गराए।

उक्त क्षेत्रमा ३ वटा विद्युत टावर बन्न बाँकी रहेको उआयोजना प्रमुखको भनाइ छ। २‎‎०७७ भदौमा सम्झौता भई २ वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्ट खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता थियो। तर, स्थानीयको अवरोधका कारण काम ढिलाइ भएको छ। रासस 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 06, 2025| 15:05 मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्