मंगलबार, वैशाख २३, २०८२

अख्तियारले माधव नेपालको बयान लिएको विषय संसद्‍मा

 |  मंगलबार, वैशाख २३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०८२

vianetvianet
triton college
National life insurance

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान लिएको विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले यो कतै राजनीतिक प्रतिशोधका आधारमा भइरहेको त छैन भनेर प्रश्न गरेका हुन् ।

म‌ंगलबारको प्रतिनिधि सभा बैठकमा झाले आकस्मिक समय लिएर भने, 'हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा राख्न चाहन्छौं। हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, माधवकुमार नेपालज्युको पनि बयान लिँदैछ भन्ने सुन्दैछौं । अब के सिके राउतप्रति आक्रमण हुन्छ कि ?’

यी सबै विषयलाई आफ्नो पार्टीले एउटा राजनीतिक प्रतिसोधको क्रमको रुपमा हेरिराखेको रास्वपा सांसद झा ले बताएका हुन् । राजनीतिक प्रतिसोधप्रति सँधै चुप लाग्न सकिने अवस्था नरहन सक्ने पनि उनको चेतावनी छ । ‘यो सबै कुरालाई हामीले एउटा राजनीतिक प्रतिसोधको क्रमको रुपमा हेरिराखेका छौं र गम्भीरता पूर्वक लिइराखेका छौं र सँधै चुप लाग्न सकिने अवस्था नरहन पनि सक्छ भन्ने जानकारी गराउन चाहन्छौं’, उनले भने ।
 

प्रकाशित: May 06, 2025| 12:38 मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्