शुक्रबार, पुस ११, २०८२

एमाले धनुषा अधिवेशनमा मतपत्र च्यात्नेदेखि कुर्सी तोडफोडसम्म

 |  मंगलबार, वैशाख २३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०८२

नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा विवाद चर्किएको छ। निर्वाचनका क्रममा धाँधली गरेको भन्दै एकपक्षीय नेताहरू धर्नामा बसेकोमा विवादले चर्को रुप लिँदा मतपत्र च्यात्ने, कुर्सी तोडफोड गर्नेसम्मको अवस्था सिर्जना भएको छ।

National life

रघुवीर महासेठ पक्षधरले स्वस्थ निर्वाचन गराउनु पर्ने, मतपत्र च्यात्नेलाई कार्वाही गर्नुपर्ने माग गर्दै नारावाजी गरेका छन्।

वर्तमान अध्यक्ष राजकिशोर यादवलाई महासेठ इतरले पक्षले लखेटेका छन्। गत वैशाख २० देखि जनकपुरमा अधिवेशन जारी छ। भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी परेको छ।

उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार बनेकी छन्।

Laxmi sunrise bank
kumari

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ। सोमबार राति मनोनयन दर्ता भएको थियो।
 

प्रकाशित: May 06, 2025| 12:34 मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्