शुक्रबार, असार ५, २०८३

३२ सिटको जादू अहिले पनि चल्छ: प्रचण्ड

 |  सोमबार, वैशाख २२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०८२
National life
Shivam cement

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको ध्यान सरकारतिर नभएको बताएका छन्। संसद् भवन बाहिर आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूहरुले चाहे ३२ सिटको जादू चल्ने दाबी गरे।

नयाँ सरकार कहिले बन्छ भन्ने जिज्ञासामा उनले भने, ‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन। हाम्रो ध्यान जनतामै जानेतिर छ। मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा जाँदैछौं।’

उनले अहिले आफूहरु देउवालाई फकाउने पक्षमा पनि नरहेको भन्दै आफ्नै बोझले सरकार ढल्ने टिप्पणी गरे। उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम झारा टार्ने खालको भएको बताए।

प्रकाशित: May 05, 2025| 16:35 सोमबार, वैशाख २२, २०८२
प्रतिक्रिया दिनुहोस्