शुक्रबार, असार ५, २०८३

रत्न राज्यलक्ष्मी क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

 |  सोमबार, वैशाख २२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०८२
National life
Shivam cement

काठमाडौं- भृकुटीमण्डपस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा तोडफोड भएको छ। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन्।

नेविसंघ कार्यकर्ताहरूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व निर्वाचनबाटै चयन गर्नुपर्ने माग गर्दै तोडफोड गरेका हुन्। स्ववियु नेतृत्व सर्वसम्मत रूपमा भइसकेको छ। 

तोडफोडका क्रममा क्याम्पसका महत्त्वपूर्ण कागजात च्यातिएका छन्। यस्तै क्याम्पस प्रशासनका कुर्सी तथा ल्यापटपसमेत फ्याँकिएका छन्।

प्रकाशित: May 05, 2025| 16:24 सोमबार, वैशाख २२, २०८२
प्रतिक्रिया दिनुहोस्