आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीसँग जवाफ माग, नत्र सरकार छाड्ने चेतावनी

रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीसँग जवाफ माग, नत्र सरकार छाड्ने चेतावनी

 |  सोमबार, वैशाख २२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे सरकारसँग जवाफ मागेको छ।

प्रतिनिधि सभाको आजको बैठकमा नाउपा सांसद लालवीर चौधरीले भोलिको बैठकमा प्रधानमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिए। उनले वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला पार्टीका संरक्षक चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्‍याइएकोमा आपत्ति जनाए।

उनले भने, ‘यसबारेमा अहिलेसम्म सरकारको धारणा आएको छैन। त्यसैले भोलिकै दिनमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौं।’

प्रकाशित: May 05, 2025| 12:11 सोमबार, वैशाख २२, २०८२
प्रतिक्रिया दिनुहोस्