मंगलबार, चैत २४, २०८२

रोनाल्डोको मुल्य १ वा २ सय मिलियन मात्र नभई अमुल्य छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पोर्चुगिज क्रिस्टियानो रोनाल्डोका राष्ट्रिय टोली सहकर्मी विलियम कार्भाहालोले अमुल्य भएका बताएका छन् । रियल मड्रिडले रोनाल्डो यसै सिजन बेचेको बिषयलाई उजागर गर्दै विलियमले उनको मुल्य १ वा २ सय मिलियन मात्र नभई अमुल्य भएको बताएका हुन् । 

‘रोनाल्डोलाई रियलले १ सय वा २ सय मिलियनमा पनि बेच्नु पर्ने थिएन । किनकी उनको त्यो कुनै मूल्य हैन । उनी अमूल्य खेलाडी हुन् ।’ विलियम भने, ‘यो प्रष्टै छ कि, यतिबेला रोनाल्डोबिनाको रियलको हालत के छ ।

मेरो विचारमा उनीहरूले अझै कठिन दिनको सामना गर्नुपर्ने छ ।’ उनले थपे, ‘मलाई लाग्छ, रियलले रोनाल्डोजस्ता उत्कृष्ट खेलाडी र गोल मेसिन खेलाडी भित्र्याउन अरू थुप्रै वर्ष प्रतीक्षा गर्नुपर्छ ।’

अहिलेसम्म रियलले रोनाल्डाको विकल्प भेटेको छैन । विलियमले रियल मड्रिडले रोनाल्डोको अपमान गरेको समेत बताएका छन् । सन् २००९ मा रियलमा अनुबन्ध भएका रोनाल्डोलाई रियलले यसै सिजनको सुरुमा इटालीको क्लब युभेन्टसलाई १०० मिलियन पाउन्डमा बेचेको थियो । ९ वर्ष रियलमा रहँदा रोनाल्डोले ४ सय ३८ खेलबाट ४ सय ५० गोल गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।