सोमबार, भदौ ९, २०८२

देशभरको मौसम बदली, काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा

 |  आइतबार, वैशाख २१, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०८२

vianetvianet
Metro Mart

काठमाडौं- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही  पहाडी भागमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र  कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । देशका हिमाली एवम् पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने मशाशाखाले जनाएको छ। देशको पहाडी भागका केही स्थान र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

प्रकाशित: May 04, 2025| 07:27 आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्