शुक्रबार, पुस ११, २०८२

ठाउँठाउँमा वर्षा गराउँदै पश्चिमबाट पूर्वतिर सर्दैछ बादल

 |  शनिबार, वैशाख २०, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०८२

काठमाडौँ– नेपालको पश्चिमी भूभागबाट आज पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

National life

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन बदली कायम रहने जानकारी गराउँदै सावधानी अपनाउन अनुरोध गरे।

आज साँझ गण्डकी प्रदेशस्थित गोरखाको हिमाली तथा पहाडी भेगबाट र दार्चुलास्थित सीमा क्षेत्रबाट सुदूरपश्चिमको हिमाली तथा पहाडी क्षेत्रको बाटो हुँदै बादल छिरिसकेको उनले बताए। बादल हिँडेको बाटोमा वर्षा भइरहेको छ।

अहिले नेपालमा स्थानीय र पश्चिमी वायु विकसित छ। अहिले पनि लुम्बिनी र गण्डकीका थोरै भूभागमा पानी परिरहेको मौसमविद् अधिकारीले जानकारी दिए।

आज दिउँसो बागमती, गण्डकी, मधेश प्रदेश सुदूरपश्चिमलगायत हरेक प्रदेशका केही भागमा पानी परेको थियो भने बागमती र गण्डकीमा अलि बढी पानी परेको पनि अधिकारीले जानकारी दिए।

Laxmi sunrise bank
kumari

उनका अनुसार आइतबार र सोमबार पनि बदली रहेको र आजको भन्दा केही बढी बदलीको सम्भावना रहेको छ। हल्कादेखि मध्यमसम्म वर्षा हुने भए पनि ठूलो वर्षाको सम्भावना भने कम रहेको उनले बताए।

अधिकारीले भने, ‘भोलि कोशी प्रदेशलगायत हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना छ। अलि बढी कोशीमा पर्ने सम्भावना छ।’

वर्षा नभएका ठाउँमा पनि बदली कायम रहने भएकाले गर्मीबाट केही राहत मिल्ने मौसमविद्ले बताएका छन्। अधिकारीले आगामी साता केही सुधारिए पनि बदलीको अवस्थामा रहने बताए।

प्रकाशित: May 03, 2025| 20:52 शनिबार, वैशाख २०, २०८२
प्रतिक्रिया दिनुहोस्