आइतबार, वैशाख २१, २०८२

हवाई उद्यमी वीरेन्द्रबहादुर बस्नेतको 'बाइ द बुक' सार्वजनिक

 |  शनिबार, वैशाख २०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०८२

vianetvianet

काठमाडौँ- हवाई उद्यमी एवं बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाइ द बुक’ सार्वजनिक भएको छ। स्थापनाको झण्डै २८ वर्षको अवधिमा बुद्ध एयरले हासिल गरेका सफलता र व्यवस्थापकीय पाटोका विभिन्न आयामलाई पुस्तकमा समावेश गरिएका छन्। 

triton college

आज ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच कर्मचारी सञ्चय कोषका तत्कालीन प्रमुख प्रशासक संसारभक्त श्रेष्ठ र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शमशेर जबराले संयुक्त रूपमा पुस्तक विमोचन गरे। 

   त्यस अवसरमा तत्कालीन प्रमुख प्रशासक श्रेष्ठले सफल व्यवस्थापन र गुणस्तरीय सेवाको नमुना संस्थाका रूपमा स्थापित बुद्ध एयर सबैका लागि प्रेरणादायी भएको बताए। हाल देशकै अग्रणी हवाई कम्पनीका रुपमा स्थापित बुद्ध एयरको सुरुआती सञ्चालनमा वित्तीय स्रोतको भूमिका निर्वाह गर्ने अवसर पाउनु आफ्ना लागि पनि महत्वपूर्ण अवसर भएको उनले उल्लेख गरे। 
हिमालयन बैंकका सिइओ जबराले हवाई उद्योगको नमुना संस्थाका रूपमा रहेको बुद्धएयरसँग आर्थिक साझेदारी गर्न पाउनु आफ्ना लागि पनि गौरवको विषय भएको बताए।
     
लेखक बस्नेतले नयाँ आउने उद्यमीलाई केही सिक्ने अवसर मिलोस् भनेर पुस्तक लेखेको बताए। “यो पुस्तकको अर्थ नियमसङ्गत हो। बुद्धएयर सुरुआत गर्दाको सपना र सोचलाई पुस्तकमा समेटिएको छ”, उनले भने, “हवाई उद्योग असाध्यै जोखिमपूर्ण उद्योग हो, विभिन्न बाधाव्यवधान र कठिनाइ आउँछन् तिनलाई कत्ति पनि हरेस नखाई कसरी समाधान र व्यवस्थापन गरेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश पुस्तकमा उल्लेख छ।” 

बस्नेतले आमनेपाली उद्योग व्यवसाय र व्यवस्थापनमा लागेकाहरूका लागि पुस्तक केही सिक्ने सन्दर्भ सामग्रीका रूपमा हुने विश्वास व्यक्त गरे। “पुस्तकमा बुद्ध एयरको संस्थागत सोच र सपना, सङ्घर्ष र सफलता, सूत्र र सिद्धान्त समेटिएका छन्।  देशमा केही भएन र हुँदैन भन्नेहरूका लागि बाइ द बुकले केही आशाको सञ्चार गराउने छ र अस्तित्वको आत्मबोध गराउने छ। एउटा संस्थाको कुशल व्यवस्थापन र सफल व्यक्तिको जिम्मेवारी र उसको सफल नेतृत्वदायी भूमिकाका बारेमा पुस्तकले बोलेको छ”, उनले भने। 

सन् १९९७ मा ४ जनाबाट सुरू भएको बुद्ध एयरमा हाल एक हजार ५०० भन्दाबढीले रोजगारी एको छन्। बीचक्राफ्ट १९०० डी र सी जहाजबाट सेवा सुरु गरेको बुद्धएयरले एटिआर–४२ हुँदै हाल एटिआर–७२ जहाजमार्फत सेवा दिइरहेको छ। बुद्धएयरसँग हाल १८ थान एटिआर जहाज रहेका र देशका ४० भन्दाबढी हवाई गन्तव्यमा उडान गरी हालसम्म दुई करोडभन्दा बढीलाई हवाई सेवा दिइसकेको त्यस अवसरमा जानकारी दिइयो।
 

National life insurance

प्रकाशित: May 03, 2025| 19:38 शनिबार, वैशाख २०, २०८२
प्रतिक्रिया दिनुहोस्