काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित बेबिलोन स्कुलका दुई शिक्षकविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको छ । शिक्षकद्वय टिका प्रसाद सुवेदी र पूर्ण पंगेनीविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी परेको हो ।
पीडित किशोरीकी आमाले दिएको उजुरीअनुसार शिक्षकद्वयले कक्षा १० मा अध्ययनरत १४ वर्षिया छात्रालाई स्टाफ रुममा बोलाएर उनका यौन संवेदनशील अंग छुने, समात्ने गरेका थिए । २०८१ चैत्र महिनादेखि शिक्षकहरुले यस्तो हर्कत गर्दै आएको उजुरीमा उल्लेख छ ।
अन्य बालिकाहरुलाई समेत सुवेदी र पंगेनीले यौन दुर्व्यवहार गर्ने गरेको छोरीले आफूलाई बताएको पीडितकी आमाले उजुरीमा उल्लेख गरेकी छन् । पीडक शिक्षकहरुलाई तत्काल पक्राउ गरी बाल यौन दुरुपयोग कसुरमा कारबाही गर्न उनले माग गरेकी छन् ।