शुक्रबार, असार ५, २०८३

मकवानपुरमा ६ प्रजातिका चैते धान परीक्षण

 |  शुक्रबार, वैशाख १९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०८२

चितवन- कृषि विकास कार्यालयले मकवानपुरको मनहरीमा विभिन्न ६ प्रजातिका चैते धानको परीक्षण गरेको छ। उक्त कार्यालयका सूचना अधिकारी सुरुची त्रिपाठीका अनुसार कार्यालयले उन्नत तथा स्वदेशी ‘हाइब्रिड’ जात अध्ययन परीक्षण तथा प्रविधि अनुशरण कार्यक्रमअन्तर्गत मनहरीमा चैते धान परीक्षण गरिएको हो।

National life

उक्त कार्यालयबाट आलु र मकै पनि परीक्षण भएको छ। कालिका नगरपालिकामा मकैको परीक्षण जारी छ भने खैरहनी नगरपालिकामा आलुको परीक्षण भइसकेको छ।

मनहरीमा हर्दिनाथ हाइब्रिड १, हर्दिनाथ १, ५, चैते ५, सुक्खा २ र ३ जातको परीक्षण गरिएको हो। कुन जातको चैते धान कति उत्पादन हुन्छ भनेर परीक्षण गरिएको जनाइएको छ।

परीक्षणका क्रममा रासायनिक मल, विषादी, प्रांगारिक मल, विषादीको प्रयोग पनि परीक्षण गरिएको छ। मल विषादीसँगै पानीको प्रयोग कति गर्दा उत्पादनमा हुने परिवर्तनबारे पनि अध्ययन भएको छ।

खैरहनी नगरपालिकामा चैते ५ मा नाइट्रोजन परीक्षण गरिएको छ। नाइट्रोटनको मात्राअनुसार धानमा आउने परिवर्तन अध्ययन गर्न परीक्षण गरिएको हाे। नाइट्रोजनको प्रयोगले धानको गाँज, उचाइ र उत्पादनबारे जानकारी हुने सूचना अधिकारी त्रिपाठीले बताइन्। रासस

Shivam cement

प्रकाशित: May 02, 2025| 18:31 शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया दिनुहोस्