शनिबार, वैशाख २०, २०८२

१० शय्याको कालीगण्डकी प्राकृतिक अस्पताल सञ्चालन

 |  शुक्रबार, वैशाख १९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०८२

vianetvianet

स्याङ्जा- गल्याङ नगरपालिका-१ उत्तरवाहिनीमा कालीगण्डकी प्राकृतिक अस्पताल सञ्चालनमा आएको छ। संघीय सरकारको विशेष अनुदान, गल्याङ नगरपालिकाको सहयोग तथा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा सो अस्पताल सञ्चालनमा आएको हो।

triton college

नगरपालिकाले सञ्चालन कार्यविधि बनाएर अस्पतालको स्वामित्व, दायित्व र यसको निरन्तरताका विषयमा निर्णय लिने कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताए। ‘अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन लागिपरेका छौँ’ उनी भन्छन्, ‘प्राकृतिक उपचार विधिसँगै उत्तरवाहिनीको धार्मिक महत्वलाई उजागर गर्ने उद्देश्य  छ।’

अस्पताल हाल १० शय्यामा सञ्चालन भएको छ। आगामी दिनमा शय्या थपी अस्पतालको सेवा विस्तार गरिने उनको भनाइ छ। अस्पताल भर्ना भएकाहरुका लागि आवासीय तथा भोजनको व्यवस्थापन अस्पतालमै मिलाइने भएको छ। अस्पतालमा हाल ४ जना स्वास्थ्यकर्मी कार्यरत छन्।

अस्पताल सञ्चालनमा आएसँगै स्याङ्जासहित पाल्पाको पूर्वी भेग, पूर्वी नवलपुर, गुल्मीलगायतका जिल्लाका नागरिकले सेवा लिन सहज हुने बताइएको छ। अस्पताल निर्माण गर्न दुई करोड ७८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएकामा दुई करोड १२ लाखमा ठेक्का सम्झौता भएको थियो। रासस

प्रकाशित: May 02, 2025| 17:01 शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया दिनुहोस्