शुक्रबार, पुस ११, २०८२

दरखोला आयोजना निर्माण सुरु, एक अर्ब लगानी अनुमान

 |  शुक्रबार, वैशाख १९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०८२

म्याग्दी- म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाको कुनौटामा ६ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग पुर्‍याएपछि अन्य संरचना निर्माण थालिएको हो।

National life

कुनौटोदेखि विद्युतगृहतर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण गर्न थालिएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर भण्डारीले बताए।

कुनौटोदेखि दरखोलाको दायाँ किनार हुँदै दर गाउँको फेदीतर्फ पेनस्टक पाइप राख्ने करिब दुई किलोमिटर कच्चि सडकको ट्र्याक निर्माण भइसकेको छ। तीन वटा डोजर परिचालन गरिएको छ। सोलवाङमा निर्माण हुने विद्युतगृहसम्म पानी लैजान तीन किलोमिटर एकसय मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिने अध्यक्ष भण्डारीले बताए।

पाँचसय ४८ मिटर उचाइबाट विद्युतगृहमा पानी खसालेर उत्पादन गरिने विद्युत सात किलोमिटर लामो प्रसारण लाइन बनाएर डाँडाखेत सबस्टेसनमा लगेर राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गराइनेछ। सम्भाव्यता अध्ययन, प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन, विद्युत खरिद बिक्री सम्झौता, जग्गा खरिद र वित्तीय स्रोत व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माण थालिएको हो।

विसं २०८३ को फागुनभित्र विद्युत् उत्पादन गर्ने कार्यतालिका छ। रन अफ द रिभर (नदी प्रवाहमा आधारित) प्रकृतिको यो आयोजना निर्माणमा करिब एक अर्ब रूपैयाँ लगानी हुने अनुमान गरिएको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: May 02, 2025| 18:01 शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया दिनुहोस्