शुक्रबार, पुस ११, २०८२

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

 |  शुक्रबार, वैशाख १९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०८२

National life
Laxmi sunrise bank
kumari

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। 

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७७१२ नम्बरको ट्रकको ठक्करबाट  राक्सिराङ गाउँपालिका–९ का  ७० वर्षीय गङ्गाबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

बाटो काट्ने क्रममा स्याङतानलाई आज बिहान ठक्कर दिएको हो। निजको घटनास्थलमा नै मृत्यु भएको हो। ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित: May 02, 2025| 10:08 शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया दिनुहोस्