शुक्रबार, पुस ११, २०८२

सिञ्जामा घरको बीमा गरिँदै

 |  बिहीबार, वैशाख १८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०८२

जुम्ला- यहाँको सिञ्जा गाउँपालिकाले दुई हजार ४ सय घरको घर बीमा गर्ने भएको छ। कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममा छनोट भएपछि उनीहरुको घरको बीमा गर्न लागिएको हो।

National life

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सोही कार्यक्रमअनुसार दुई हजार ४ सय घरको बीमा गर्न लागिएको जानकारी दिए।

गत चैत २५ गते उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई १५ दिनको समय दिएर बीमा गर्ने विषयमा सहभागी हुन सूचना प्रकाशन गरेकामा सिञ्जा तोकिएको मापदण्डअनुसार छनोटमा परेको उनले बताए। 

अध्यक्ष धितालले भने, 'कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २० लाख रूपैयाँको बीमांक बराबरको जोखिम मूल्यांकनबाट हुन आउने बीमा शुल्कबापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ। बीमा लागु भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरीलगायत विपद्‌बाट क्षतिग्रस्त भएका घरको बीमामार्फत क्षतिपूर्ति पाउने छन्। एक परिवारका लागि एक घरको बीमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको छ।'

कर्णालीका निजी तथा आवासीय घरमा विभिन्न विपद्‌बाट हुने क्षतिबाट बचाउन प्रदेश सरकारले घर बीमा कार्यक्रम सुरु गरेको हो। जसका लागि घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ।

Laxmi sunrise bank
kumari

चालु आवमा बीमाका लागि प्रदेश सरकारले चार करोड ७५ लाख रूपैयाँ बजेट छुट्याएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। रासस

प्रकाशित: May 01, 2025| 17:31 बिहीबार, वैशाख १८, २०८२
प्रतिक्रिया दिनुहोस्