शुक्रबार, असार ५, २०८३

सीपको विकास गरी समृद्ध नेपालको सपना पूरा गर्नुपर्छ: देउवा

 |  बिहीबार, वैशाख १८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०८२
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै देशमा ज्ञान सीपको बिकास र लगानी गर्ने वातावरण बनाएर समृद्ध नेपालको सपना पूरा गर्नुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले असंगठित श्रमिकहरूको पहिचान गरी पञ्जीकरणका लागि स्थानीय तहमा श्रमिक डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन पहल गर्न आवश्यक रहेको पनि बताए। कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोष लगायतलाई अगाडि बढाउन सदैव महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको दाबी देउवाले गरे।

प्रकाशित: May 01, 2025| 12:51 बिहीबार, वैशाख १८, २०८२
प्रतिक्रिया दिनुहोस्