काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार अहिले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। जसअनुसार पेट्रोलको मूल्य रु दुई, डिजेल र मट्टितेलको रु एक घटेको छ।
यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य रु एक घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।