काठमाडौं- शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुसँग ९ बुँदे सहमतिमा पुगेको जानकारी दिएका छन्।
वार्तापछि आज पत्रकार सम्मेलनमा उनले शिक्षकहरुको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने बताए । सहमतिबारे प्रधानमन्त्री केपी ओलीले बारम्बार जानकारी लिने गरेको र निर्देशन दिने गरेको भन्दै शिक्षामन्त्री पन्तले धन्यवाद दिए ।
मन्त्रिपरिषद्ले सहमति अनुमोदन गरेसँगै २९ दिनदेखि जारी शिक्षक आन्दोलन टुंगिएको छ र उनीहरु कार्यक्षेत्रमा फर्किने भएका छन्।