शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्री ओलीले पनि दिए हृदयेन्द्रलाई कला क्षेत्रमा आउन सुझाव

प्रधानमन्त्री ओलीले पनि दिए हृदयेन्द्रलाई कला क्षेत्रमा आउन सुझाव

 |  बुधबार, वैशाख १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०८२
National life
Shivam cement

प्रधानमन्त्री ओलीले पनि दिए हृदयेन्द्रलाई कला क्षेत्रमा आउन सुझाव
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ‌ओलीले पूर्व नवयुवराज हृदयेन्द्र शाहलाई कला क्षेत्रमा आउन सुझाव दिएका छन्। कलाकार सुरक्षा पन्तले हृदयेन्द्रका विषयमा बोलेका कारण उनीमाथि भइरहेको टिकाटिप्पणीमा ओलीले साथ दिएका हुन्।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शाहलाई राजा हुने सपना नदेख्न चेतावनी पनि दिए।
कलाकार पन्तले केही दिनअघि एक टिभी कार्यक्रममा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा आउन सुझाव दिएपछि राजसंस्था पक्षधरहरूले यसको आलोचना गरेका थिए।

प्रधानमन्त्री ओलीले कलाकार पन्तको साथ दिँदै स्वतन्त्र रूपमा आफ्नो विचार राख्दैमा कलाकारमाथि सामाजिक सञ्जालमा आक्रमण हुनु दुःखद् भएको बताए। प्रधानमन्त्री ओलीले भने, ‘सुरक्षा पन्तजस्तो एउटा कलाकारले कति राम्रो भन्नुभएको छ हेर्नुस् त, राम्रो अनुहार छ कला क्षेत्रमा आए हुन्छ। रिसाउनु र गाली गर्नुपर्ने के छ त्यसमा ? त्यति राम्रो भनेको छ । म पनि सुझाव दिन्छु, ती बाबु सिकेर कला क्षेत्रमा आए भने राम्रै हुन्छ । अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ । त्यसैले यो गलत बाटो केही मान्छे कराएर सही बाटो हुने होइन ।’

प्रकाशित: Apr 30, 2025| 17:06 बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्