शुक्रबार, पुस ११, २०८२

रेशम चौधरीलाई पक्राउ गर्ने पत्रबारे के भन्यो सर्वोच्चले ?

 |  बुधबार, वैशाख १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०८२

काठमाडौं- रेशम चौधरीलाई पक्राउ गर्नेसम्बन्धी पत्र अनधिकृत भएको विषयमा सर्वोच्च अदालतले प्रष्टीकरण दिएको छ।

National life

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बुधबार अपराह्न विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतलाई कानुनबमोजिम कारबाही प्रक्रिया सुरू भएको जानकारी गराएका छन्।

‘यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रूपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रक्रिया सुरू गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

आज सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका महिमान सिंह विष्टले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेखेका थिए। पत्रका आधारमा चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार बुझाइएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 30, 2025| 16:38 बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्