आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्चका अधिकृत प्रहरी हिरासतमा 

रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्चका अधिकृत प्रहरी हिरासतमा 

 |  बुधबार, वैशाख १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०८२

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्च अदालतको मुद्दा शाखाका अधिकृत पक्राउ परेका छन्।

National life

सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाट पक्राउ गरेर लगेर हिरासतमा राखेको छ।

विष्टले टीकापुर घटनामा ज्यान गुमाएका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान प्रहरीमा दिएका छन्। सोही पत्रका आधारमा चौधरीलाई पक्राउ गरेर प्रहरीले डिल्लीबजार कारागार पठाएको थियो।

सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका अधिकृत विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय उल्टाउँदै पत्र काटेका थिए।

कापुर घटनामा दोषी ठहर भएर कैद सजाय भोगिरहेका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर छुटेका थिए। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी दिएपछि उनी २०८० साल जेठ १५ गते कारागारबाट रिहा भएका थिए। पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको थियो।

Shivam cement

प्रकाशित: Apr 30, 2025| 16:23 बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्