काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-५ बिष्णुमती पुलस्थित सडकमा बा.८४ प ४५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिबि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मोरङ, धनपालथान गाउँपालिका-२ ललिया टोलस्थित सडकमा को.२१ प १६५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३७ वर्षीय बिजय मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।
झापा, भद्रपुर नगरपालिका-२ चारआलीस्थित सडकमा मे.१ च ५४४७ नम्बरको पिकअपले बिआर ३७ भि २१२७ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ बस्ने ३५ वर्षीय दिलिप राजबंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथीभारा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खोटाङ, बराहपोखरी गाउँपालिका-६ मौवाबोटेस्थित सडकमा प्र.२-०३-००१ त ८१८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक जन्तेढुङ्गा गाउँपालिका-५ बस्ने २१ वर्षीय रोशन विकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक समेत २ जनालाई उपचारको लागि धरान घोपातर्फ पठाइएको छ ।
डोटी, जोरायल गाउँपालिका-२ मेल खोलास्थित सडकमा धनगढीबाट बैतडी पुर्चौडीतर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ ज ०५६७ नम्बरको ईभि हाइस अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा हाइसमा सवार बैतडी डीलासैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्क बहादुर नेगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाइसमा सवार ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।