शुक्रबार, पुस ११, २०८२

रेशम चौधरी पक्राउ, जनमत र नाउपाबीचको एकता घोषणा सभा स्थगित

 |  बुधबार, वैशाख १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०८२

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ।

National life

नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेसँगै आजका लागि तय भएको एकता सभा रोकिएको हो।

बिहान ११ बजे हुने भनिएको एकता सभाका लागि नेता-कार्यकर्ताहरु कमलादीस्थित प्रज्ञा भवन पुगिसकेका थिए । तर १ बज्दासम्म पनि कार्यक्रम सुरु भएको थिएन। प्रतिनिधि सभामा ६ सांसद भएको जनमत र ४ सांसद भएको नाउपाबीच आज पार्टी एकता भएर नागरिक जनमत पार्टी बन्दै थियो। 

रेशमलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेर डिल्लीबजार कारागार लगेका छन्। उनलाई सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ।

टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय भोगिरहेका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर छुटेका थिए। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी दिएपछि उनी २०८० साल जेठ १५ गते कारागारबाट रिहा भएका थिए। पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको थियो।

Laxmi sunrise bank
kumari

आममाफी दिएर चौधरीलाई छुटाएपछि टीकापुरमा हत्या भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले पुन: सर्वोच्च अदालतमा मुद्दा हालेकी थिइन्। उनले आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान लिनेगरी भएको टीकापुर घटना नेपाली समाजमा घटेको एउटा अकल्पनीय र दुःखदायी एवम् क्रूर आपराधिक घटना भएको भन्दै माफी दिने नमिल्ने जिकिर गरेकी थिइन्।

 

 

प्रकाशित: Apr 30, 2025| 13:31 बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्