सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध 

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध 

 |  बुधबार, वैशाख १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०८२

काठमाडौं- काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको छ। 

National life

काठमाडौं महानगरले एक एक सूचना जारी गरी महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा १ देखि १० सम्म छात्रवृत्ति उपलब्ध गराउँदा जेहनदार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा गर्नुपर्ने स्मरण गराएको छ।

महानगरले शैक्षिक सत्र २०८२ का लागि विद्यालयमा भर्ना भएका कूल विद्यार्थी सङ्ख्याको कम्तिमा दश प्रतिशतमा नघट्ने गरी ऐन बमोजिम छात्रवृत्ति उपलब्ध गराउन विद्यालयमा सूचना निकाली आवेदन लिइ यही जेठ पहिलो साताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन अनुरोध गरेको छ।

महानगरपालिकाले छात्रवृत्ति छनोटको नामावली छनौट समितिको निर्णय मान्य हुने जनाएको छ। छनौट समितिमा सम्बन्धित वडाको वडाध्यक्ष वा निजले तोकेको वडा सदस्य– संयोजक, विद्यालयको प्रधानाध्यापक सदस्य, महानगरपालिका शिक्षा विभागको सम्बन्धित विद्यालय हेर्ने विद्यालय निरीक्षक/शिक्षा अधिकृत सदस्य र विद्यालय व्यवस्थापन समितिमा रहेका अभिभावक प्रतिनिधि १ जना सदस्य रहने छन्।


 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 30, 2025| 09:05 बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्