सोमबार, असार ३०, २०८२

डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

 |  बुधबार, वैशाख १७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०८२

vianetvianet

डोटी- धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल  गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते हुनुभएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका डाक्टरले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थिए।  

बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन्। घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ। घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Apr 30, 2025| 07:36 बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्