शुक्रबार, पुस ११, २०८२

सरकारको नीति तथा कार्यक्रम शुक्रबार संसद्‍मा प्रस्तुत हुने

 |  मंगलबार, वैशाख १६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०८२

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।

National life

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले यसबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी दिएका हुन्।

नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्का दुवै सदनका संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने व्यवस्था छ।

सभामुख घिमिरेले शुक्रबार अपराह्न २:४५ भित्र निर्धारित पोशाकमा सदनमा उपस्थित भइसक्न सांसदहरुलाई आग्रह गरेका छन्।

प्रकाशित: Apr 29, 2025| 17:16 मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्