शुक्रबार, असार ५, २०८३

अवहेलना मुद्दामा गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ

 |  मंगलबार, वैशाख १६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०८२

काठमाडौं- अदालतको अवहेलना आरोपमा सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग लिखित जवाफ माग गरेको छ।

National life

मंगलबार सर्वोच्चका कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग गरेको हो। सात दिनभित्र जवाफ पेस गर्न आदेश भएको छ ।

आइतबार सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता भएको थियो। अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले मुद्दा दायर गरेका थिए।

संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको विषयमा थापाले केही दिनअघि भाषण गरेका थिए। संवैधानिक नियुक्ति भएका पदमा समयावधि सकिने बेला भइसकेको तर पनि फैसला नगरी राखेको अभिव्यक्ति उनले दिएका थिए।

अहिले संवैधानिक नियुक्तिको विषय सर्वोच्च अदालतले हेर्दाहेर्दैमा छ। 

Shivam cement

प्रकाशित: Apr 29, 2025| 17:10 मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्